नागढुंगा सुरुङमार्ग जेठभित्र शिलान्यास हुने- २०७९ पुस मसान्तसम्म सम्पन्न

24 March, 2019 00:40 |अर्थ | comments | 23850 Views

    काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगाको जाम हटाउन धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग जेठभित्र शिलान्यास हुने भएको छ ।

    उक्त सुरुङमार्ग रु १७ अर्बको लगानीमा निर्माण हुने र विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ ।

    adsads

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सुरुङमार्गको स्थलगत अवलोकनपछि जेठभित्र शिलान्यास हुने बताउनुभएको हो ।

    मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र सुरुङमार्ग शिलान्यास गरिने जानकारी दिनुभयो ।

    मन्त्री महासेठले सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेत दिनुभएको छ । “कलङ्की–नागढुङ्गा सडकखण्ड पहिलेको तुलनामा सुधार आए पनि अबको केही महीनामा धुलोरहित बाटो बन्छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै उहाँले कलङ्की–खड्कागाउँ–कङ्काली गुम्बा हुँदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरीक्षण गर्नुभयो । उक्त सडक रु १८ करोड २९ लाखमा निर्माण हुँदैछ ।

    काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि क्षेत्रलाई मुलुककै नमूना पर्यटकीयस्थल बनाउन लागिएको बताउँदै सांसद विकास कोषबाट आएको रकम चन्द्रागिरिको पर्यटकीय विकासका लागि खर्च गर्ने बताउनुभयो ।

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययोजना नीतिनियम र विकासप्रति जनतामा अपनत्व हुने गरी स्थानीय सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

    सुरुङमार्गका लागि टेण्डर भएर कम्पनी छनोटको प्रक्रिया चलिरहेको छ । निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् ।

    सुरुङमार्ग निर्माणका लागि जापान र चीनका छ कम्पनीको इच्छा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!