नागढुङ्गाबाट दुई किलो सुनसहित सहित १७ वर्षीया युवक पक्राउ

21 July, 2019 18:02 |अर्थ | comments | 17100 Views

    प्रहरीले चन्द्रगिरी नगरपालिका नागढुङ्गाबाट एक युवालाई दुई किलो सुनसहित एक युवालाई पक्राउ गरेको छ । समाचार अनुसार पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाउँपालिका ५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।

    adsads

    शनिबार राति विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यसै गरी काठमाडौं महानगरपालिका २ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका ४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा ७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटर सहित पक्राउ गरेको हो ।

    सिलीगुडीबाट २४ किलो सुनसहित ६ जना पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More