नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज शिलान्यास हुँदै
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज (सोमबार) शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो ।
यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको रासससँगको कुराकानीमा जानकारी दिँदै उहाँले करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गर्नुभयो । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उहाँले सुनाउनुभयो ।
धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयोे । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सम्झौता : हाजमा आङ्दो कर्पाेरेशनले ४२ महिनामा निर्माण सम्पन्न गर्ने
तपाईंको प्रतिकृया
ताजा समाचार
- बढी लिएको शुल्क समायोजन गर्ने प्रतिबद्धतासहित परीक्षामा सामेल हुन आव्हान
- (अपडेट) सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो
- कति सजिलै पत्याएर ठगिन्छन् सोझा नेपाली अन्तर्राष्ट्रिय गिरोहबाट
- नेकपा स्थायी कमिटी बैठकमा सीमा समस्यासहितका एजेण्डा
- बाघ संरक्षणको चिन्तासंगै बाँघबाट गाउँले जोगाउने सकस
- स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
- माथवरसिंह थापाका वंशवृक्ष ‘काफलबोटे काजी’ उपन्यासमा
- लोकसेवाको परीक्षामा २२ जना नक्कली परीक्षार्थी
- कालिञ्चोकबाट फर्कदै गरेको बस दुर्घटना : १३ जनाको मृत्यु २० जना घाइते
- नूनको सोझो मात्रै हैन- जिम्मेवार भएर काम गर्नुपर्छ
- गोकर्णेश्वर र अमेरिकाको आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गरिँदै
- बम बिस्फोट गराउनेमाथि कारबाहीको माग गर्दै धनुषाका विद्यालय बन्द
- चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट
- प्रहरीद्वारा प्रधानमन्त्री खानका भतिजको घरमा खोजतलास
- आजको राशिफल– २०७६ मंसिर २९ गते आइतबार
- महराको अपराधको सजायँ किन शिवमायालाई ?
- चर्चित अभिनेता दीपक क्षेत्रीको निधन (भिडियोसहित)
- विमानस्थलको हिउँ पन्छाउन हेलिकोप्टरबाट लगिएको उपकरणले काम गरेन
- द्रुतमार्गको सुरुङ र पुलबाहेक ८० प्रतिशत निर्माण सम्पन्न (भिडियोसहित)
- राजेश साहको हत्या नै गर्ने मूख्य उद्देश्यले बम राखिएको निष्कर्ष : दुईजना पक्राउ
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


