नागरिकताको ‘टोर्नाडो’ सीमादेखि जिल्ला प्रशासनसम्म लाइन- आँगन नै पराई हुने खतरा (भिडियोसहित)

29 April, 2019 11:18 | राजनीति | comments | 21600 Views

– यादब देवकोटा

केही समय अघि बारा र पर्सामा आएको टोर्नाडो आँधीले मानवीय र भौतिक क्षति पुर्यायो । त्यो विनाशको घाउमा खाटा नबस्दै अहिले तराईका अधिकांश जिल्लामा नागरिकतारुपी टोर्नाडो आएको छ र यसलाई नरोके सिंगो राष्ट्रलाई विनाश गर्ने खतरा बढेको छ ।

adsads

गृह मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतले त्यसमा सदर गरिदिएपछि अहिले तराईका प्रमुख शहरहरुमा नागरिकता लिनेको यति भीड छ कि यस्तो दृश्य सायद कतै देखिएला । त्यो भीड जताबाट सिर्जित भएको छ त्यो अर्को आश्चर्यको विषय छ ।

नेपाल भारत सीमा गेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म नागरिकता लिनेहरुको लाइन देखिन्छ । कस्तो अचम्म छ भने नेपाली नागरिकता लिन आउनेहरु अधिकांश नेपाली बोल्न सक्दैनन् र लेख्न पनि सक्दैनन् । प्रशासन अगाडिका फोटोकपी पसलहरुमा फोटो खिचाउने र फारम भराउने व्यापार चम्केको छ । वीरगञ्जका एक व्यवसायी भारतीयहरुले नागरिकता लिइरहेको टुलुटुलु हेर्नुपरेको गुनासो गर्दै सरकारले नै नागरिकता खुला गरिदिएपछि हामीले के गर्ने भन्दै प्रश्न गर्दै भन्छन् अब एकाएक २५ प्रतिशत जनसंख्या बढ्ने भयो ।

यसबाट प्रष्ट हुन्छ कि नागरिकता नेपालीले हैन भारतीयले लिइरहेका छन् । भारतीयहरुलाई नागरिकता दिनकै लागि यो खेल भैरहेको हो भन्ने अरु प्रमाणित भएको छ । हुन त भारतीयलाई नेपाली नागरिकता दिने काम यो नै पहिलोपटक हैन । नेपालमा बनेका हरेक सरकारले नागरिकता दिने प्रपञ्च रचेकै छन् ।

बिरगन्जमा भारतियलाई नागरिकता बाड्ने मेला लागि रहेको बेला एक युवती लाईभमा भावुक हुदै…..😶 शायद हाम्रा सन्तानले मेरो देश भनेर गर्व गर्न सक्दैनन् होला 😐️

Posted by Media nepal on Saturday, April 27, 2019

नागरिकता समस्या नभएको हैन छ तर जसरी समस्या देखाइन्छ त्यो भने सत्य हैन । नागरिकता नपाउनेहरु तराईमाभन्दा पहाडमा बढी भएको तथ्यांक पटकपतक सार्वजनिक भए पनि तराईलाई केन्द्रित गरेर नागरिकता वितरण अभियान चलाइनुको कारण जनसंख्या वृद्धि मात्रै हो । भारतको दवाव र स्वार्थका कारण यस्तो काम हुँदैआएको छ । जति गरे पनि नेपालमा नागरिकता कहिल्यै पनि नटुङ्गिने जटिल समस्या बनाइएको छ ।

अहिले जसरी नागरिकता वितरण भैरहेको छ, प्रकारान्तरले नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र एकतामाथि नै आघात पुग्ने निश्चित छ । क्षणिक सत्ता स्वार्थका लागि नागरिकता वितरणमा उदारता अपनाउँदै जाने नीति र व्यवहारले निरन्तरता पाइरहँदा नेपालमा भूमिपुत्र नेपालीहरू नै अल्पमतमा पर्ने र मुलुकको भविष्य नै समाप्त हुनसक्नेसम्मका चिन्ताजन्य प्रश्नहरू खडा हुँदै गएका छन् ।

ए सरकार तेरो आँखा फुटेकै हो???भिडियो क्लिप : तराई मा बिक्रीमा राखिएको नागरिकता किन्ने को तछाडमछाड । सरकारलाई दबाब दिन सक्दो सेयर गरौं

Posted by Master Chef of world on Saturday, April 20, 2019

२००९ मा बनेको नेपालको पहिलो नागरिकता ऐनदेखि नै सुनियोजित रूपमा जनसांख्यिक अतिक्रमणको गति तीब्रतर बन्दैगएको सन्दर्भमा वर्तमान समयमा त्यसले थप गति लिएको छ । त्यसको सवभन्दा ठूलो मार तराईका भूमिपुत्र आदिवासी देशभक्त नागरिकहरूले खेपिरहेका छन् । तराईमा उनीहरूको अवसर क्रमशः खोसिँदैगएको छ भने षडयन्त्रपूर्वक घुसेघुसाइएका आप्रवासीहरूले नागरिकता हत्याउँदै गएपछि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा उनीहरूकै बोलबाला चल्ने क्रम बढिरहेको छ ।

क्षेत्रीयतावाद र बिखण्डनवादका अनेक अवाञ्छित गतिविधिहरू राष्ट्रिय एकता र अखण्डतामाथि नै प्रश्न खडा गर्ने गरी प्रक्षेपित भैरहेका छन् । पटक पटक विदेशीशक्तिको रणनीतिक स्वार्थअनुरूपको गोप्य निर्देशन र दवावमा नागरिकता उपलब्धताका आधारहरू बदल्दै खुकुलो पार्दैजाने शृङ्खलाको पछिल्लो कडीका रूपमा जन्मसिद्धका आधारमा अङ्गीकृत नागरिकता लिन सफल भएकाहरू र विदेशी बाबुका सन्तानलाई पनि वंशजको नागरिकता दिन थालिएपछि रातारात नेपाली नागरिक बन्ने भारतीयहरुको लाइन दैनिक जसो देख्न सकिन्छ ।

झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रमा अहिले नागरिकता किनबेच समेत भैरहेको छ । रकम लिएर नागरिकता बनाइदिने गिरोह नै सक्रिय भएका समाचारहरु सार्वजनिक भैरहेका छ् । नागरिकता वितरण कार्य निरन्तर प्रक्रियामा जाने भए पनि भारतीयलाई नागरिकता दिनकै लागि अभियान चलाइन्छ ।

देशमा यति गम्भीर परिस्थितिको सिर्जना भैरहँदा पनि राष्ट्र र राष्ट्रियताका चर्का नारा घन्काउने राजनीतिक दलहरु चुपचाप छन् । प्रमुख विपक्षी दल यस विषयमा चुँसम्म गर्दैन भने क्रान्तिकारी राष्ट्रवादी भनिनेहरुको मौनता पनि आश्चर्यलाग्दो छ ।

(कृपया सेयर ) प्रचन्डे र केपीले दुईतिहाई सरकारको दादागिरी देखाउदै मिलेर धोती हरुलाई नागरिता लाखौं बेचेको लाईभ भिडियो | यदी तपाईलाई देशको माया छ भने सेयर गरौ सबैले बिस्वास् लाग्दैन भने भिडियो राम्रो सँग आँखा खोलेर हेरौ | यसरीनै धोती हरुलाई नागरिता बेच्ने हो भने अबको केही बर्षमा नेपालको तराई इन्डियन् धोतीले कब्जा गर्छ |यसरी खुलम् खुल्ला तरिकाले नागरिता बेच्न पाहिदो रहेछ दुईतिहाई को सरकार भयपछित थुक्क कुकुर हो नागरिता बेच्नु नै देश बेचेको हो भन्ने कुरा बुजेका छौकी नाई नालायक हो अनी ३ करोड नेपाली जनताको प्यारो बनेको पत्रकार महासय यहाँ सम्म पुग्नु पर्ने होईनर पत्रकारको काम भनेकै यस्तै कुरालाई बाहिर ल्याउने होईनर कि म गलत् बोले |

Posted by राईखन्ने टोपे Tope on Sunday, April 28, 2019

अब जनता जाग्नुको विकल्प छैन । विदेशीलाई नागरिकता दिने र लिने अहिलेको गतिविधि रोक्न जनता नै अग्रसर नभए भोलि आफ्नै आँगन पराई हुने दिन टाढा छैन । जनताको दुहाइ दिएर जनतालाई परचक्रीको दास बनाउने यो खेल तत्काल रोकिनुपर्दछ ।

जतिबेला नेपाली नागरिकता भारतको पान पसलमा किन्न पाइन्थ्यो?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More