युपिएफ युपिएफ

  • युपिएफ
  • युपिएफ
  • युपिएफ
  • युपिएफ
  • युपिएफ
  • युपिएफ

नागरिकबीच आपसी सहकार्य गर्न युपिएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता

21 May, 2019 15:45 | प्रबास | comments | 16050 Views

युपिएफ

राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (UNECOSOC) को मान्यता प्राप्त संस्था युनिभर्सल पिस फेडेरेशन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार न्यूयोर्क स्थित होटल न्यूयोर्कस्थित युपिएफ कार्यालयमा हस्ताक्षर गरिएको युपिएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।

adsads

सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेशनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ । युनिभर्सल पिस फेडेरेशन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तराष्ट्रिय संजाल हो ।

युपिएफले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न तथा संयुक्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ । समझदारी पत्रमा युनिभर्सल पिस फेडेरेशन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र युपिएफ अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरका हुन् ।

‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्परिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ युनिभर्सल पिस फेडेरेशन नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका विमोचन हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युपिएफ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!