नागरिक अभिनन्दन स्वीकार्दै शताब्दी पुरुषले भने- काठमाडौंको सभ्यता मास्ने काम नगर

16 June, 2019 00:54 | राजनीति | comments | 11400 Views

इतिहासविद् शताब्दी पुरुष सत्यमोहन जोशीले गुठीसंग काठमाडौं उपत्यकाको भावना जोडिएकाले मान्छेको भावनासँग खेलवाड नगर्न सरकारसंग आग्रह गर्नुभएको छ ।

शनिबार सत्यमोहन हना खलः को आयोजना र नेवाः एफएम अनक मिडियाको संयोजनमा कीतिएपुरमा गरिएको नागरिक अभिनन्दनपछि उहाँले सो आग्रह गर्नुभएको हो ।

adsads

प्रस्तावित गुठी विधेयक जस्ताको तस्तै पारित भए काठमाडौंको संस्कृति र सम्पदा मासिने चतावनी समेत उहाँले दिनुभयो ।

यसअघि जोशीलाई कीर्तिपुरको लोकतान्त्रिक चोकबाट सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गराइएको थियो । उहाँलाई नयाँ बजार, नगाउँ हुदै बाघभैरव ब्याङ्क्वेट पुगेर कीर्तिपुरबासीका तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय सांसद राजेन्द्र केसी, प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर मेयर रमेश महर्जन र वडाध्क्षय गंगाराम महर्जनले कीर्तिपुरबासीका तर्फबाट नागरिक सम्मान गरेका थिए ।

कीर्तिपुरमा क्रियाशील सामाजिक संघसंस्था, परम्परागत गुथि, दाफा गुथिदेखि महिला समूहरूको संयुक्त पहलमा यो नागरिक अभिनन्दन आयोजना गरिएको हो ।

शताब्दी पुरुष जोशीको ठट्टा : ‘गाडी कहाँ राख्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!