नादेज्दा कप फुटबल नादेज्दा कप फुटबल

  • नादेज्दा कप फुटबल
  • नादेज्दा कप फुटबल
  • नादेज्दा कप फुटबल
  • नादेज्दा कप फुटबल
  • नादेज्दा कप फुटबल

नादेज्दा कप फुटबल : नेपाल उपविजेतामा सिमित, उज्वेकिस्तान ३-२ ले विजयी

13 September, 2019 10:00 | खेल | comments | 12750 Views

सावित्रा सर्वाधिक गोलकर्ता

नादेज्दा कप फुटबल

नेपाल किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । बिहिबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३-२ गोलले पराजित भएको हो ।

ads ads

मध्यान्तर अघिको खेलमा उज्वेकिस्तानले १-० गालेको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औँ मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औँ तथा ६४औँ मिनेटमा गोल गरेको हो ।

सावित्रा भण्डारी

नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औँ तथा ९०औँ मिनेटमा गोल गरेकी थिइन् । उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिता भर सात गोल गरिन् । उनले पहिलो खेलमा किर्गिस्तानसँग ह्याट्रिकसहित चार गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा आजको फाइनल खेलमा दुई गोल गरेकी थिइन् ।

नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उपाधि नजिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नादेज्दा कप फुटबल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस

फेसबुक

कांग्रेस

ट्वीटर

सामाजिक सञ्जाल

More