नायक आकाशको दुलही अवतार

23 June, 2019 16:53 | कला/मनोरन्जन | comments | 7350 Views

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी पुआ जोडीको रुपमा अत्याधिक रुचाईएको छ । उनीहरुले पछिल्लो समय संगै काम गरेको चलचित्र हो, ‘पोइ पर्‍यो काले’ ।

adsads

छायांकनको अन्तिम चरणमा रहेको चलचित्रका केही फोटो सार्वजनिक भएका छन् जसमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई दुलहा दुलहीको भेषमा देखिएको छ ।

सार्वजनिक एउटा फोटो भने गज्जबकै छ । पूजाले बेहुलीको घुम्टो भने आकाशलाई ओडाइदिएकी छिन् । पूजा र आकाशको प्रेम चर्चा मिडियामा खुबै चल्छ । उनीहरुका फ्यान पनि पूजालाई दिदी र आकाशलाई भिनाजू भनि सम्बोधन गर्छन् । फिल्मका कार्यक्रममा पनि यि दुईलाई सँगै नै देखिन्छ ।

रामकाहनीबाट चलचित्रको पर्दामा सँगै देखिएका यि दुईले समालिन्छ कहिले मन पछि चलचित्र पोइ पर्‍यो कालेमा संगै काम गरेका हुन् । हुन त निर्माण टिमका अनुसार चलचित्रमा पूजाको जोडी भने सौगात हुन् तर सार्वजनिक फोटोमा पूजा र आकाश बेहुला बेहुलीको रुपमा खुबै खुलेका छन् ।

उक्त फोटोमा पूजाले आकाशलाई घुम्टो ओडाएकी छिन् र आकाश पनि दुलही जस्तै लजाएका छन् । त्यसैले छुट्ट्याउन गार्हो छ दुलही आकाश कि पूजा ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!