नारायणीमा पानीजहाजको सफल परीक्षण दशैअघि नै संचालनमा आउने

20 July, 2019 20:27 | जन सरोकार | comments | 23250 Views

नारायणी नदीमा लामो समयदेखि मोटर बोट चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै आकर्षक खेल मानिएको मोटरबोटपछि अब नारायणीमा मिनी जहाज नै चलाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

adsads

प्रधानमन्त्री केपी ओलीको नेपालका नदीहरुमा पानीजहाज चलाउने घोषणालाई हावामा गफमा उडाउनेहरु अहिले पनि सक्रिय रहे पनि सरकारी क्षेत्रबाट नभए पन यात्रु ओसार पसार गर्ने गरी राइनो वाटर ईन्टरटेन्मेन्ट प्रालिले मिनी पानीजहाजको शनिबार सफल परीक्षण गरेको छ ।

सफल परीक्षणपछि निर्माणाधीन ‘भर क्रुजसिप दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । जहाज पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।

जहाज संचालक राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै क्रुजशिप निर्माणमा भारतीय र नेपाली गरी ५० जना खटिएका छन् ।

भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरिरहेको छ । कम्पनीका निर्देशक ओजस सेवास्टिएनले नेपालमा पहिलो पटक निर्माण गरिएको क्रुजशिपले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पानी पानीजहाज सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

मिनी पानीजहाज पानी जहाज दुई तलाको हुने र दुबै तलमा सयसय जना अटाउनेछन् । यसको लम्बाई एक सय फिट र चौडाई २५ फिट हुनेछ, जसको माथिल्लो तलालाई दृश्यावलोकन गर्न सकिने गरी बनाइने बताइएको छ ।

‘मिनी पानीजहाज’लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ । भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करीव तीन घण्टाको हुनेछ ।

पानीजहाज चल्ने टुंगो छैन : कार्यालय उद्घाटनकै खर्च अझै भुक्तानी भएन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More