नारा ‘विश्वका मजदूर एक हौं’ व्यवहार दलीय रुपमा विभाजन

1 May, 2019 18:21 | राजनीति | comments | 13350 Views

विश्वभरका मजदूर एक हौं भन्ने नारा लगाउने नेपालका मजदूर दलीय आस्थाका आधारमा गरिए पनि नेपालमा मजदूरहरु कति चिरामा विभाजित भएर राजनीतिक दलका कार्यकर्ता बनेका छन् । यस्तै देखियो मे दिवसका दिन काठमाडौंमा ।

adsads

संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु सडकको दुई किनारामा अलगअलग झण्डा बोकेर मार्चपासमा लागे । एकातिरकांग्रेसका मजदुरहरुको जुलुस छ भने अर्कोतिर सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

यसले के देखाउँछ भने नेपालमा वर्गीय हित हैन दलीय हितलाई नै उच्च प्राथमिकता दिइएको छ । यसैले मजदूरको हितका लागि सरकारहरुले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

संसारभरका मजदूरलाई एक हुन आव्हान गर्ने नारा घन्काउने मजदूर नेताहरुले आफ्नै देशका मजदूरहरुलाई एकढिक्का बनाएर एउटै कार्यक्रम गर्न नसक्नु विडम्बनापूर्ण हो ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।

दुई पार्टी निकट मजदुर संगठनको र्‍याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो । सुन्धारामा नेकपा निकट मजदुर संगठनको र्‍याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको र्‍याली सडकको दाया भागबाट अघि बढेको थियो ।

यसले के सन्देश दिन्छ भने जबसम्म पेशागत हकहितमा दलीय स्वार्थभन्दा माथी उठेर एकताबद्ध हुन सकिंदैन तवसम्म कुनै पनि क्षेत्र र वर्गको हित हुँदैन । यो अवस्था मजदूरमा मात्र हैन, संचारकर्मी, चिकित्सक, प्राध्यापक, कानुन व्यवसायी सबैमा छ ।

हरेक पेशा वर्ग दलीय आस्था अनुसार विभाजित भएका छन् जसले गर्दा मुलुकको समग्र अंग धराशायी हुँदै गैरहेको छ । यसको प्रत्यक्ष असर विकास निर्माणमा समेत भएको छ । स्थायी सरकार मानिने कर्मचारी प्रशासन समेत ट्रेड यूनियनभित्र राख्ने निर्णय गरेपछि अहिले सत्तापक्ष र विपक्षी दलका कार्यकर्ता बनेर कर्मचारीहरु विभाजित छन् । जसको असर कुनै पनि सरकारले सोचेजस्तो काम गर्न सकेको छैन ।

अहिले दुई तिहाईको सरकारले समेत काम गर्न नसक्नुको एउटा कारण कर्मचारीको असहयोग हो भन्ने कुरा त प्रधानमन्त्री केपी ओलीले नै पटकपटक बताउँदै आउनुभएको छ । यस्तोमा सत्तापक्षले कम्तिमा मजदूर दिवसमा संयुक्त कार्यक्रम गरेर एकताको सन्देश दिएको भए यसको प्रभाव अरु क्षेत्रमा पनि पर्ने थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सचिव सरुवा

फेसबुक

सचिव सरुवा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!