नासाको अध्यक्षमा विष्टको उम्मेदवारी घोषणा

16 July, 2019 13:32 |प्रबास | comments | 18900 Views

    अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी कार्यकालका लागि पूर्व महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।

    २०१९ देखि २०२१ का लागि विष्टले संस्थासंग आवद्ध विभिन्न व्यक्तित्व र बुद्धिजीवीहरुको परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन् ।

    adsads

    विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका छन् । उनले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी विविध सामाजिक तथा साँस्कृतिक कार्यक्रम सन्चालन गर्ने, नासाको सम्पर्क कार्यालय स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपाली र नेपालीभाषी समुदायको पीरमर्कालाई राहत दिनका लागि आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, दैबी प्रकोप कल्याणकारी कोष तत्काल स्थापना गरि मातृभूमिमा परिआउने प्राकृतिक बिपत्तिमा सक्दो राहत वितरणमा सहयोग गर्ने योजना बनाएका छन् ।

    त्यसै गरी नेपाली भाषा, कला, साहित्य र सस्कृतिको प्रवर्धनका लागि हरेक वर्ष नेपाल फेस्टिवल संचालन गर्ने, नेपालीहरुको चाडपर्व र नयाँ बर्षमा नेपाली कला र संस्कृतिको गरिमा कायम राख्न विविध कार्यक्रमहरु गर्ने प्रतिबद्ता अगाडी सारेका छन् ।

    नासा क्षेत्रका सामाजिक संघ संस्थासंग समन्वय गरी आपसी हितका लागि विभिन्न साझेदारी कार्यक्रमहरु गर्न आफू लागि पर्ने विष्टले बताएका छन् । नेपालको पर्यटन प्रवर्धनका लागि पर्यटन बर्ष २०२० लाई सफल पार्न अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा बिबिध कार्यक्रमहरु आयोजना गर्ने उनको कार्ययोजना रहेको छ ।

    अध्यक्ष विष्टले आफ्नो कार्ययोजनामा बालबालिका, महिला र बृद्धहरुका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्ने, अमेरिकामा रहेका युवाहरुको ज्ञान सीपलाई नेपालका लागि योगदान दिनसक्ने वातावरणको लागि नेपाल सरकारसंग पहल गर्ने, संस्थाको आर्थिक पारदर्शिता र सूचना प्रवाहमा विशेष ध्यान दिने र नासाले आफ्नो साधारण र आजीवन सदस्यलाई परिचय पत्र वितरण गर्ने योजना अगाडी सारेका छन् ।

    साथै उनले आवश्यकता अनुसार व्यवसायी, पेशागत र अन्य तालिम, स्वास्थ्य शिबिर र गोष्ठीहरु संचालन गर्नुका साथै अमेरिकामा नेपालको स्थानीय विषय वस्तुहरुको प्रचारप्रसार गर्ने योजनाहरु अघि सारेका छन ।

    यसअघि विभिन्न कार्यक्रमहरुमा विशेष भूमिका निर्वाह गरेका संचारकर्मी समेत रहेका विष्टले केही महिना अघि मात्र अमेरिकाका विभिन्न राज्यहरुका करिब ७०० सय नेपाली र नेपाली भाषी भुटानीहरुलाई एकै मञ्चमा उपस्थित गराई ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया र सोसियल अवार्ड गरेर प्रवाशमा रहेका नेपाली र नेपालीभाषी भुटनीज मनहरुलाई जोड्न सफल भएका थिए ।

    त्यसै गरी बिष्टले दुइ बर्ष अघि हाई पोइन्टमा नेपाल हेरिटेज सेन्टर निर्माणका लागि महापुराण लगाउन पहल गरी स्थानीय सामाजिक नेता तथा कार्यकर्ताहरुको अगुवाइमा भव्यताका साथ सम्पन्न भएको थियो । साथै उनले बिगत सात बर्ष देखि विभिन्न चाडपर्व र साँस्कृतिक कार्यक्रमहरुमा प्रतक्ष्यरअप्रतक्ष्य सहयोग गर्दै आइरहेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More