घुस लिएको आरोपमा मुद्दा दायर घुस लिएको आरोपमा मुद्दा दायर

  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर

नासु मण्डलविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

26 April, 2019 11:05 | जन सरोकार | comments | 4650 Views

नासु मण्डलविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले मण्डललाई रु ४० हजार घुससहित पक्राउ गरेको थियो ।

adsads

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी मण्डललाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ । यस्तै आयोगले बिहिबार सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाउद्दिन अन्सारीविरुद्ध पनि बिहिबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुख कटान सहमतिको सिफारिश गरिदिएबापत सेवाग्राहीसँग सहायक वन अधिकृत अन्सारीले रु ३५ हजार घुस लिएको आरोप लागेको छ ।आयोगले बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । यस्तै आयोगले मालपोत कार्यालय भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीलाई घुस लिएको आरोपमा आज पक्राउ गरेको छ ।

एक सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकामा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि चौधरीले रु २० हजार घुस मागेको आरोप लागेको छ । आरोपी चौधरीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सीताराम खनाल, मेकानिकल इञ्जिनीयर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा तीन हजार २११ सम्मिलित भएको र प्रयोगात्मक परीक्षामा तीन हजार २६५ जना सहभागी भएकामा प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीबाट रु पाँच हजारदेखि रु १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका आठ परीक्षार्थीलाई उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र दिइ गैरकानूनी लाभ पुर्याउने नियत राखेको पुष्टि भएकाले बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता कोइरालले जानकारी दिए ।

१० लाख ८६ घुस लिएको आरोपमा तीन कर्मचारीबिरुद्ध मुद्दा दायर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
घुस लिएको आरोपमा मुद्दा दायर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सेतक चिनी

फेसबुक

सेतक चिनी

ट्वीटर

सामाजिक सञ्जाल

More