निकिताको उजुरी दर्ता गरेन महानगरीय प्रहरी परिसरले

21 August, 2019 19:06 |जन सरोकार | comments | 23400 Views

    चितवन प्रहरी हिरासतमा रहेका रवी लामिछानेकी पत्नी निकिता पौडेलले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको आरोप लगाउँदै तीनजना बिरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी गर्न उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।

    निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो ।

    adsads

    दर्ता अघि रवी पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरीक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताउँदै दर्ता गर्न नमिल्ने जानकारी दिएका हुन् ।

    एसपी सिहसङले चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् । प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन र यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन भने पनि निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताएका छन् ।

    प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् ।

    चितवनका एसपी र दुई पत्रकारबिरुद्ध जाहेरी दिन निकिता पौडेल टेकुमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!