मानव तस्करीको नयाँ जुक्ति:सिरियाली शरणार्थी बनाएर लगिँदै नेपाली

23 December, 2015 10:28 | पत्रपत्रिका | comments | 97800 Views

युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थी यतिबेला युरोपली देशका शिविरहरु भरिभराउ छन् । त्यही भीडमा नेपाली नागरिकसमेत रहेको पत्ता लागेको छ ।

मानव तस्करले सिरिया, रुस, इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन् । रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूभध्य सागरको खतरनाक यात्रापछि युरोप पुर्याउने गरिएको छ ।

उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले त्यस्ता शिविरमा दोभासेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो । गैरआवासीय नेपाली महासंघ फिनल्यान्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन् । इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ ।

  

आजको कान्तिपुर दैनिक बाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More