मृगौला प्रत्यारोपण मृगौला प्रत्यारोपण

  • मृगौला प्रत्यारोपण
  • मृगौला प्रत्यारोपण
  • मृगौला प्रत्यारोपण
  • मृगौला प्रत्यारोपण
  • मृगौला प्रत्यारोपण
  • मृगौला प्रत्यारोपण

निजी अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो

16 August, 2016 19:24 | वातावरण /स्वास्थ्य | comments | 263700 Views

मृगौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपाली चिकित्सकहरूको समूहले मृगौला प्रत्यारोपण गर्ने पहिलो निजी अस्पतालमा बनेको छ । ग्राण्डी अस्पतालमा दुई जनाले मृगौला प्रत्यारोपण गराएका छन् ।

adsads

नेपाल मानव अंग प्रत्यारोपण समितिबाट स्वीकृती लिएको एक महिना भित्र ग्राण्डीले दुई वटा सफल मृगौला प्रत्यारोपण गरेको हो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपाली चिकित्सकहरूको समूहले मात्रै सफल मृगौला प्रत्यारोपण गरेको पहिलो प्राइभेट अस्पताल हुन पुगेको प्रमुख, युरोलोजी तथ मृगौला प्रत्यारोपण सर्जरी विभाग, त्रिबि. शिक्षण अस्पताल, महाराजगञ्जका प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।

निदान अस्पताल पुल्चोक र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलाई नेपाल मानव अंग प्रत्यारोपण समितिले मृगौला प्रत्यारोपण गर्न अनुमति दिएको थियो ।

पहिलो प्रत्यारोपण काठमाडौंको जोरपाटी बस्ने बिरामीको र दोस्रो प्रत्यारोपण अस्ट्रेलियामा बस्ने नेपालीको गरिएको उक्त अस्पतालले जनाएको छ ।

नेपालमा सफल मृगौला प्रत्यारोपण सुरू भएको ८ वर्ष पुरा भएको छ । अगस्ट ०८, २००८ मा त्रिबि शिक्षण अस्पताल महाराजगंजले नेपालमै सर्ब प्रथम सफल मृगौला प्रत्यारोपण गरेको थियो ।

हालसम्म उक्त अस्पतालमा ३७६ वटा सफल मृगौला प्रत्यारोपण भइसकेको छ । पहिलो वर्षमा ९८५ र दोस्रो वर्षमा ९६५सफल मृगौला प्रत्यारोपण भएको थियो ।

नेपालमा मृगौला प्रत्यारोपण सेवा सुरू भएपछी बिरामीहरूले तीन- चारगुणा बढी खर्च गरेर भारतमा गई मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यो पनि हेनुहोस्-ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा मिर्गौला प्रत्यारोषण सेवा विस्तार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मृगौला प्रत्यारोपण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!