निदान अस्पताल मिर्गौला प्रकरणमा डाक्टरसहित पाँचजना पक्राउ

17 October, 2019 12:10 | जल/वातावरण/स्वास्थ्य | comments | 18000 Views

नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँच जनालाई आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिनुभयो ।

  

पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

धन्न जोगियो मिर्गौला !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More