नियन्त्रणका लागि गएको प्राविधिक टोलीमाथि चितुवाको आक्रमण, एक घाइते

26 November, 2014 17:01 | जन सरोकार , मध्यमाञ्चल | comments | 48900 Views

चितवनको गीतानगर क्षेत्र आसपासमा महिना दिनदेखि आतङ्क मच्चाइरहेको चितुवालाई चितवन निकुञ्जले अझै नियन्त्रणमा लिन सकेको छैन । दुई हप्ताअघि बस्तीमा पसेर आतङ्क मच्चाएको चितुवा फेरि अहिले यहाँको देवनगरलगायत बस्तीमा पसेको चितवन निकुञ्जले जनाएको छ ।

बस्तीमा पसेको चितुवा नियन्त्रणका लागि चितवन निकुञ्जले तीनदिनदेखि यहाँ प्राविधिक टोलीसहित चारवटा हात्ती परिचालन गरेको छ । तर आज बिहानसम्म नियन्त्रणको प्रयास सफल हुन नसकेको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । अघिल्लोपटक पनि प्राविधिक टोली नियन्त्रणका लागि असफल बनेको थियो ।

रुखमा पनि चढ्ने गरेकाले नियन्त्रणमा लिन अप्ठे्यारो परेकाले अब खोर थापेर नियन्त्रणमा लिनुपर्ने अवस्था आएको निकुञ्जले जनाएको छ । चितुवा नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीमध्येका एक टीकाराम थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको पौडेलले आज जानकारी दिनुभयो ।

  

उहाँको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । महिनादेखि यहाँ चितुवाको आतङ्क फैलिँदा स्थानीय भने त्रसित भएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More