निरन्तर ओरालो लागेको शेयर बजार सोमबार भने बढ्यो

25 June, 2019 00:15 |अर्थ | comments | 15000 Views

    आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सोमबार भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ ।

    adsads

    यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए ।

    स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये सोमबार चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

    यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

    सो कम्पनीको रु पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड रु दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको रु एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    कारोवार भएका कम्पनीमध्ये सोमबार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५.५६ प्रतिशतले गुमाए ।

    त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६०, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.९२, पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

    शेयर बजार लगातार ओरालो लाग्दै : आइतबार दश अङ्कले घट्यो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!