निर्दयी मनुवाहरु जो बलात्कृतलाई बचाउनुको साटो आफैं बलात्कारी बने

25 June, 2019 15:10 |जन सरोकार | comments | 29250 Views

    मानिसको हृदयमा दया भन्ने हराउँदै गएको पछिल्लो प्रमाणका रुपमा रुपन्देहीको गैडहवामा १४ जना युवाले एक युवतीमाथि सामूहिक बलात्कार गरेको घटनालाई लिन सकिन्छ ।

    घटना केही समय अघिको भए पनि हालै मात्र सार्वजनिक भएको छ ।

    adsads
    जिल्लाको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले एक युवतीको सामूहिक बलात्कार गरेका हुन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक समेत पक्राउ परेका छन् ।

    घटना २ असारको साँझ हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ । दुई युवती संगै रहेकामा एक भने भाग्न सफल भएकी थिइन् । पीडित युवतीहरुले दिएको जाहेरीअनुसार उनीहरु २ गते साँझ स्थानीय विष्णु थारु चौधरीसँग गैडहवा ९ नागेश्वरीचोकमा खाजा खान गएका थिए ।

    फर्किने क्रममा चौधरीले एक जना युवतीमाथि बलात्कार गरे भने अर्की भागेर हसनापुर पुगिन् । त्यसबेला रातको १० बजिसकेको थियो । हसनापुरका ५ युवा लाठीसहित घटनास्थल पुग्दा त्यहाँ अरु ८, १० जना युवाहरु जम्मा भएका थिए तर उनीहरुले आफूहरुलाई उद्दार गर्नुको साटो सामूहिक बलात्कार गरे ।

    त्यसमा उद्दारका लागि गएका जीवन ज्ञवालीले पनि संलग्न रहेको जाहेरीमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक ज्ञवालीलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । ज्ञवालीले आरोप अस्वीकार गरेका छन् ।

    गाउँका १४ जना युवा तथा पुरुष घटनास्थलमा पुगेका र उनीहरुले युवतीलाई जोगाउनुको साटो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताउनुभएको छ ।

    रातको समय भएकाले बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको पीडित युवतीहरुले बताएका छन् । घटनाको मुख्य दोषी मानिएका चौधरी अहिले फरार छन् । अरु १२ युवाको भने पहिचान हुन सकेको छैन ।

    प्रभावशाली व्यक्तिहरु संलग्न रहेको र उनीहरुको धम्कीका कारण पीडित युवतीहरुले समयमै प्रहरीलाई उजुर गर्न नसकेको स्थानीयवासीले बताएका छन् । शक्तिशाली व्यक्ति नै बलात्कारमा सक्रिय रहपछि त्यहाँ पुगेका अरु पनि बलात्कारमै सक्रिय भए ।

    रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!