निर्मला पन्त बलात्कारपछि कञ्चनपुरमा नौ, प्रदेश ७ मा २८ बलात्कारका घटना

6 October, 2018 17:13 |जन सरोकार | comments | 14100 Views

    सुदूरपश्चिम अर्थात् प्रदेश नं. ७ मा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लागेको छैन । यो घटनाले देश विदेश तताइरहेका बेला सोही क्षेत्रमा त्यसयता बलात्कारका २८ वटा घटना भएका छन् ।

    adsads

    प्रदेश ७ मा साउनयता बलात्कारका २८ वटा घटना भएका छन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

    प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन् । निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ ।

    निर्मलाको हत्यापछि कञ्चनपुरमा मात्र नौवटा बलात्कारका घटना भएका छन् । प्रहरीका अनुसार पछिल्लो पटक असोज ४ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा सात वर्षीया बालिका बलात्कृत भइन् । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताउनुभयो ।

    त्यस्तै कञ्चनपुरकै पुनर्वास गाउँपालिकामा पनि नौ महिने बालिका बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको छ ।

    ‘यी दुई घटनाले समाजमा बलात्कार कति डरलाग्दो रुपमा बढिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ’, शिक्षक तीर्थराज पाण्डे भन्छन्, ‘बलात्कारीलाई कडा कारबाही गर्न र समाजमा चेतनाको स्तर बढाउन नसके यसले अझै भयावह रुप लिन सक्छ।’ बलात्कार विरुद्ध सडकमा प्रदर्शन भइरहेका बेला पनि यस्ता घटना बढ्नु चिन्ताजनक भएको उनी बताउँछन्।

    प्रदेश ७ प्रहरी कार्यालय अनुसार जेठमा ११, असारमा १७ र साउन १० र भदौमा १७ वटा बलात्कारका घटना भएका छन् ।

    प्रदेश ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केसीले साउन र भदौमा यस प्रदेशका विभिन्न स्थानमा २७ वटा बलात्कारका घटना भएको उजुरी परेको बताउँदै अधिकांश बलात्कार घटनाका आरोपित पक्राउ परेको जानकारी दि नुभएको छ ।

    बलात्कारका घटना बढ्नुमा मदिरा सेवन, लागूऔषध प्रयोग, दण्डहीनता र समाज छाडा गतिविधितर्फ उन्मुख हुनु, मोबाइलमा अश्लिल सामग्रीको पहुँच, नैतिक शिक्षाको खडेरी जस्ता कारणले काम गरेको जानकार बताउँछन् ।

    राजनीतिक र आर्थिक पहुँच भएका मानिसले अपराध गर्दा पनि उन्मुक्ति पाउने अवस्था भएकाले बलात्कारका घटना पनि बढ्दै गइरहेको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा यस्तै आशंका छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!