निर्मला हत्या प्रकरण :? किटानी जाहेरी दिएको दुई महिनासम्म सुनुवाई भएन

18 November, 2019 21:15 |जन सरोकार | comments | 6150 Views

    बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।

    निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो ।

    adsads
    निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोख्नुभयो ।

    “छोरीको हत्या भएको लामो समय बितेको छ”, उहाँले भन्नुभयो, “हत्यारा पत्ता लाग्न सकेको छैन, किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँगसमेत सोधपुछ गरिएको छैन, किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी हैन भने अर्को अपराधि को हो पत्ता लगाई दिनुपर्‍यो ।” दिलीपले हत्यारा आफै भएको विभिन्न सञ्चारमाध्यममा भन्दै आउँदासमेत सोधपुछ नगरिएको उहाँले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताउनुभयो । “किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ ।”

    झण्डै डेढवर्ष अघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो । प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

    सरकार ! निर्मला बलात्कारी र हत्यारा कहिले पत्ता लाग्छ ? (भिडियोसहित)

    निर्मला हत्या प्रकरण- डाक्टर र प्रहरीलाई मुलुकी संहिता लगाउन माग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा नुन

    फेसबुक

    मुस्ताङमा नुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More