निर्मला हत्या प्रकरण- डाक्टर र प्रहरीलाई मुलुकी संहिता लगाउन माग

24 July, 2019 16:09 | जन सरोकार | comments | 35400 Views

अघिल्लो वर्ष साउन १० गतेदेखि हराएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शव ११ गते उखुबारीमा भेटियो । उनको बलात्कारपछि हत्या भएको भन्दै अनुसन्धान भयो तर अनुसन्धानले एक वर्षसम्म न बलात्कारी पत्या लगायो न हत्यारा नै । वर्ष दिनसम्म यो घटनामा जाहेरी समेत दर्ता नभएको अवस्था छ ।

निर्मला पन्तका हत्यारा पत्ता नलागिरहेको अवस्थामा अहिलेसम्म भएका अनुसन्धानहरुको विश्लेषणात्मक अध्ययन गर्दै भावी अनुसन्धानको दिशा निर्दिष्ट गर्न जरुरी देखिन्छ ।

  

बलात्कार र हत्यामा अनुसन्धान गर्ने प्रहरी, शव परीक्षण गर्ने चिकित्सकदेखि सबैको चरम लापरवाही र कमजोरी देखिएपछि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकाल्दै मुलुकी संहिता लगान माग गरको छ ।

संवैधानिक आयोगका रुपमा रहेको राष्ट्रिय मानवअधिकार आयोगले गत माघमा नै यसबारे सरकारलाई ४ बुँदे सिफारिस र २४ बुँदे निर्देशन बुझाइसकेको छ । आयोगले सिफारिस गर्नुपूर्व नै सरकारले कञ्चनपुरका एसपी डिल्लीराज विष्टसहितका प्रहरीहरुलाई निलम्बन लगायतको विभागीय कारवाही अगाडि बढाइसकेको थियो । तर, निर्मलाको शव परीक्षण गर्ने चिकित्सकहरुमाथि चाहिँ कारवाही वा छानविन भएरनभएको बारे स्वयं आयोग नै अहिलेसम्म बेखबर छ ।

संविधानको धारा २४९ को (२) अनुसार आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने बाध्यकारी हुन्छ । सरकारले निर्देशन कार्यान्वयन भैरहेको दावी गरिरहेको छ । तर राष्ट्रिय मानव अधिकार आयोग भने निर्मला पन्तको प्रकरणमा सरकारको भूमिकाप्रति सन्तुष्ट देखिँदैन ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डिएसपीसहित छजना पक्राउ

आयोग सदस्य मोहना अन्सारीका अनुसार निर्मला हत्या प्रकरणबारे के कस्तो अनुसन्धान भइरहेको छ भन्नेबारे नियमित जानकारी आयोगलाई गराउन भनिएकोमा सरकारले अहिलेसम्म प्रगति विवरण बुझाएको छैन । अब सरकारलाई यसबारे आयोगले ताकेता गर्ने उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय मानवअधिकार आयोगले माघमा तयार पारेको प्रतिवेदनले डीएनए परीक्षणको वैधानिकतामाथि प्रश्न उठाएको छ । प्रहरीले अनुसन्धानमा लापरवाही गरेको आयोगले औंल्याएको छ । यसरी ‘बदनियतपूर्ण अनुसन्धान गर्ने’ लाई अपराध संहिता ऐनबमोजिम कारवाही गर्नसमेत आयोगले सरकारलाई लेखेर पठाएको छ ।

आयोगले ‘मेडिको लिगल’ नै त्रुटीपूर्ण रहेको निष्कर्ष समेत निकालेर कारबाहीका लागि सिफारिश गरेको छ । उसको निष्कर्ष छ- मेडिको लिगल (घटनास्थल प्रकृति, लास जाँच रिपोर्ट आदि) का सम्बन्धमा निर्मला पन्तको लासजाँचमाथि त्रुटी औंल्याउँदै आयोगको प्रतिवेदनमा यस्तो भनिएको छ-

‘अनुसन्धानका क्रममा विभिन्न चरणमा खिचिएका फोटोहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग तथा खुट्टाहरुमा चोटपटक देखिन्छन् । तर, … चोटपटक लगायत अन्य सबै लक्षण तथा विवरणहरु घटनास्थल तथा लास जाँच मुचुल्कामा अभिलेखीकरण गरिएको पाइएन ।’

मानवअधिकार आयोगको प्रतिवेदनले अगाडि भनेको छ-

‘शव परीक्षणका क्रममा शरीरमा भएका र फुकाली ल्याइएका कपडाहरुको सूचीसम्म बनाइएको छ, तर हरेक कपडाको विस्तृत व्याख्या भने गरिएको देखिँदैन । कर्तव्य ज्यानजस्तो शंकास्पद मृत्युको शव परीक्षणमा मृतकका कपडाहरुको समेत गहिरो अवलोकन गरी च्यातिएको, घसि्रएको, केही लागेको आदि सबै अभिलेखीकरण गरीदिएमा त्यस्तो सूचनाले मृतकले प्रतिकार गरे, नगरेको अञ्दाज गर्न वा जानकारी पाउन मद्दत हुने हुनाले यी सबै विवरण उल्लेखित भएको पाएइन । यसबाट मृत्युको कारण लगायत निश्कर्षमा पुग्न नसकेको अवस्था छ ।’

आयोगको प्रतिवेदनले निर्मला पन्तको शव परीक्षणमा चिकित्सकबाट लापरवाही भएको निश्कर्ष निकालेको छ । प्रतिवेदनमा भनिएको छ-

‘शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण हातले घाँटी अठ्याएर मारेको भनी निक्र्यौल निकालिएको छ । यस्तो निश्कर्षका लागि चाहिने पर्याप्त आधारहरु प्रतिवेदन तथा फोटोहरुमा (३६ वटा तस्वीर) उल्लेख गरिएका छन् । तथापि अन्य थप सम्भावित लक्षणहरुको समेत थप स्पष्टता नभएका कारण २४ घण्टाभित्र मृत्यु भएको भनी दिइएको राय कानूनी चिकित्सा विज्ञानले पुष्टि गरेको पाइएन ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More