निर्वाचनको कडा प्रतिवाद गर्ने विप्लव माओवादीको चेतावनी

3 April, 2017 20:39 | राजनीति | comments | 39900 Views

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जर्वजस्त रुपमा स्थानीय तहको निर्वाचन गरिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । रोल्पाको थवाङमा हालै सकिएको महाअधिवेशनबाट स्थानीय तहको निर्वाचन खारेज गर्ने निर्णय गरेको चन्द नेतृत्वको पार्टीले निर्वाचन भइहाले प्रतिवाद गर्ने चेतावनी दिएको हो ।
क्रान्तिकारी पत्रकार संगठनले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनले देशमा प्रतिक्रान्ति ल्याउने जिकिर गरे । निर्वाचन जनताको पक्षमा नभएको दाबी गर्दै पार्टीका प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्कबहादुर विकले त्यस्तो निर्वाचन खारेज गर्न माग गरे । ‘जनताको पक्षमा नभएको निर्वाचन, जनताकै सहयोग र समर्थनमा प्रतिकार हुन्छ,’ उनले भने । जनता र देशको हितमा स्थानीय निर्वाचन छ भनेर राजनीतकरुपले प्रमाणित गरेर देखाउन कांगेस, एमाले र माओवादी केन्द्रलाई उनले चेतावनी दिए ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More