निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्नुहुँदैन : अध्यक्ष बिजुक्छेँ

9 November, 2019 11:40 |राजनीति | comments | 3150 Views

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताउनुभएको छ । आगामी मङ्सिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले निर्वाचनमा मादक पदार्थ र भोजभत्तेर गरेर मतदातालाई झुक्याउने तथा कुनै पनि प्रभाव र प्रलोभनमा पार्नेप्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    adsads

    निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधि कुनै पनि संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल हुने बताउनुभयो । उपनिर्वाचनलाई ठूला दलका गलत काम र पूँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पु-याउने राजनीतिक अभियानको रूपमा पार्टीले लिएको उहाँको भनाइ थियो ।

    लिम्पियाधुराको समस्याबारे नेमकिपाले यसअघिका सरकारलाई पटक पटक सचेत पार्दै आएको चर्चा गर्दै उहाँले तिब्बत् पुग्ने बाटो भएकाले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा उपयोग गर्न खोजेको बताउनुभयो । नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदै आएको बताउँदै उहाँले जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका विरुद्धमा सबै एक हुनुपर्ने बताउनुभयो ।

    उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउँछ – अध्यक्ष दाहाल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!