निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको निवेदन : नेकपामा मच्चियो हुण्डरी

1 July, 2020 00:03 | राजनीति | comments | 26700 Views

दुई पार्टी एक भएपछि अस्तित्वविलिन भएको नेकपा एमाले नामको दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा निवेदन दिएपछि सत्तारुढ नेकपाका नेताहरुबीचको असमझदारी अरु चुलिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो भन्नेमा नेताहरु केन्द्रित भएका थिए । कतिपयले यो काम प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भएको आरोप समेत लगाए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गर्नुभएको थियो । बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।

  

त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको र गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र भन्दै प्रश्न गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More