निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य

16 July, 2017 22:29 |राजनीति | comments | 30300 Views

    नेकपा एमालेले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो ।

    adsads

    स्थायी कमिटी बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको जानकारी दिए । एमालेले  संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्ने अडान लिएको छ ।

    बैठकले प्रदेश सभा निर्वाचनका लागि छिटोभन्दा छिटो सीमा निर्धारण गर्न छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णय गरेको समेत छ । त्यस्तै राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने पनि एमालेले निर्णय गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!