बामदेव गौतमबामदेव गौतम

  • बामदेव गौतम
  • बामदेव गौतम
  • बामदेव गौतम
  • बामदेव गौतम
  • बामदेव गौतम
  • बामदेव गौतम

नेकपाको उपाध्यक्षमा बामदेव गौतम, स्कूल विभाग प्रमुख ईश्वर पोखरेलको भागमा

16 August, 2019 18:45 |राजनीति | comments | 18300 Views

    बामदेव गौतम

    लामो समयदेखि विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबभन्दा महत्वपूर्ण पदमा नेता चयन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्व एमाले नेता बामदेव गौतमलाई उपाध्यक्षमा चयन गरेको छ भने ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखमा चयन गरिएको छ ।

    adsads

    नेकपा महासचिव बिष्णु पौडेलले दिएको जानकारी अनुसार नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीले नै प्रस्ताव गरेको बताइएको छ ।

    नेकपा स्रोतले बतएको छ । नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

    त्यसै गरी नेकपा बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको छ । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खास गरी पूर्व एमालेले पोखरेल र पूर्व माओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

    यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई, विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बामदेव गौतम

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More