नेकपाको एकता प्रक्रियाले पायो पूर्णता साउन ५ गते बैठकमा पेश हुने

17 July, 2019 01:05 | राजनीति | comments | 13950 Views

पार्टी एकताको लामो समयपछि सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएकोे महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

adsads

बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ ।

असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्ष केही दिनदेखि लगातार छलफलमा रहेको र मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको हो । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।

संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ ।

केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ । त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ ।

टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताउनुभयो ।

प्रचण्डको घोषणा- आजै बेलुका एकताको बाँकी काम टुंगिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!