नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी
  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी
  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी
  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी
  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी
  • नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

16 May, 2019 12:00 | पत्रपत्रिका | comments | 10950 Views

नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

नेकपाका शीर्ष नेता वैचारिक बहसमा उत्रिएका छन्। गत वर्ष जेठ ३ मा पार्टी एकता गर्दा नेताहरूले ‘जनताको जनवाद’ को कार्यदिशा अवलम्बन गर्ने बताएका थिए।

adsads

तर अहिलेसम्म एकताको आधार समेटिएको राजनीतिक दस्ताबेज आउन सकेको छैन। राजनीतिक कार्यदिशामा विवाद छ। पार्टी एकता गर्दा तत्कालीन एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा दुवै महाधिवशेनमा बहस गर्ने गरी स्थगित गरिएको थियो।

कार्यदिशामा रहेको अस्पष्टताका कारण शीर्ष नेताहरू अहिले वैचारिक बहसमा आउन थालेका हुन्। पार्टीको जिल्ला तहको संगठनात्मक काम सकेपछि एकताको सबैभन्दा जटिल फड्को टरेको र अबको ६÷८ महिनामा जिल्ला अधिवेशन गर्दै सम्पूर्ण ध्यान महाधिवेशनमा लक्षित गर्ने पार्टी अध्यक्षकै धारणा आउन थालेपछि नेताहरू आफ्नो ‘पोजिसन’ सुनिश्चित गर्न र वैचारिक÷राजनीतिक धुव्रीकरणको प्रयासमा लाग्न थालेका हुन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शीर्ष नेताहरूले नै त्यसको संकेत गरे। कार्यक्रम थियो, ‘युवा संघ नेपालको २९ औं स्थापना दिवस’। नेकपा र नेकपा निकट जनवर्गीय संगनठका कार्यक्रममा दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले मात्र बोल्ने गरे पनि युवा संघको कार्यक्रममा भने सचिवालयमा रहेका शीर्ष ५ नेताले बोल्ने मौका पाए।

महासचिव विष्णु पौडेल, सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल तथा अध्यक्ष पुष्पकमल दाहालले बोलेका थिए। महासचिव पौडेलले पार्टी एकताको काम अब टुंगिएको भन्दै घोषणा हुन् मात्र बाँकी रहेको बताएपछि त्यसपछि बोल्ने नेताहरूले वैचारिक प्रस्टताको विषय उठाउँदै आफ्नो पोजिसन कायम राख्न प्रयास गरेका थिए।

कार्यक्रममा नेता पोखरेल र अध्यक्ष दाहालले वैचारिक विषयमा आआफ्नै पोजिसन प्रस्तुत गरे। पार्टी एकतादेखि नै तत्कालीन एमालेको कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ स्थगित गरेकोमा असन्तुष्टि पोख्दै आएका पोखरेलले बुधबारको कार्यक्रममा पनि त्यही झल्को दिए। उनले भने, ‘हाम्रो राजनीतिक कार्यदिशासँग गाँसिएका कुरामा स्पष्टता जरुरत छ। विचारको मामिलामा हामी स्पष्टताका साथ अघि बढ्नुपर्छ। राजनीतिक कार्यदिशाका सन्दर्भमा पनि स्पष्टता हासिल गरेनौं भने हामी अलमलमा पर्छौं। अलमलमा परेको कम्युनिस्ट पार्टीले दुर्गति भोग्नुबाहेक अर्को उपलब्धि पाउँदैन।’

पोखरेलले अहिले तजबिजमा पार्टी सञ्चालन गर्न थालिएको भन्दै पार्टीको संगठनात्मक कमिटी प्रणालीमा पनि असन्तुष्टि पोखे। उनले भने, ‘शृंखलाशद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिस्टहरू भीडमा शक्ति प्राप्त गर्न सक्दैनन्। संगठन शृंखलाबद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ।’

पोखरेल वैचारिक बहसमा उत्रिएपछि अध्यक्ष दाहाल पनि तिखो रूपमै उत्रिए। हलबाट बाहिरिसकेका पोखरेलप्रति लक्षित गर्दै दाहालले विचारलाई समयअनुसार विकसित गरेर जान सक्ने मात्र माक्र्सवादी हुन सक्ने बताए।

दाहालले भने, ‘कम्युनिस्ट आन्दोलनमा दुईखाले अतिवाद छन्। विचार शुद्धताका नाममा, सिद्धान्त शुद्धताका नाममा माक्र्सवादलाई धर्मशास्त्रजस्तै बुझ्ने समस्या कम्युनिस्ट आन्दोलनमा छ। माक्र्सले लेनिनले, माओले, होची मिन्हले, फिडेल क्यास्ट्रोले जे–जे भने, जे–जे लेखे, त्यही मात्र माक्र्सवाद हो, अरू होइन भन्ने अतिवाद पनि कम्युनिस्टमा छ। जनताको आवश्यकता, देशको आवश्यकता, हजारौं कार्यकर्ताको भावना र आकांक्षा नबुझ्नेहरू माक्र्सवादी र द्वन्द्ववादी हुन सक्दैनन्। विचारको शुद्धताका नाममा गति नबुझ्नेहरू अन्तिममा अलगावमा पर्छन्।’

दाहालले माक्र्सवादलाई गतिशील रूपमा बुझ्नुपर्ने भन्दै भने, ‘माक्र्सवाद कुनै धर्मशास्त्र, कुनै बाइबल वा यस्तै बनिबनाउ सिद्धान्त होइन। विचार पनि समाजसँगै गतिशील हुन्छ, विकसित हुन्छ। वर्ग रहेसम्म वर्गसंघर्ष रहन्छ। विचार पनि संघर्षसँगै विकसित हुँदै जान्छ।’

माधव नेपाल, झलनाथ खनालदेखि केपी ओलीसम्मलाई अलग पार्टी हुँदा संसद्मा ल्याउनेदेखि प्रधानमन्त्री बनाउनसम्म आफ्नो भूमिका महत्त्वपूर्ण रहेको प्रसंग दाहालले कोट्याए। उनले भने, ‘म नेताहरूलाई विश्वास गर्न सक्छु। त्यही भएर होला जति पनि लचिलो बन्न सक्ने मेरो बानी छ। यसैलाई मान्छेहरूले कहिले अस्थिर कहिले के भन्छन्, तत्कालीन एमालेका सबै नेतालाई प्रधानमन्त्री बनाउन सक्ने म अस्थिर कि गज्जब ? ’

वरिष्ठ नेता नेपाल भने वैचारिक विषयमा बहसमा उत्रेनन्। तर उनले पार्टीभित्र राजनीतिक वैचारिक सिद्धान्त, संगठनात्मक प्रणाली र आचरणमा भने कम्युनिस्ट नेताहरूले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए। गत वैशाख ९ गते पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रम नै छाडेर दुई अध्यक्षको कार्यशैलीमा असन्तुष्टि पोखेका नेपालले पार्टी नेताले आचरण सुधानुपर्ने बताएका थिए।

पार्टीले अझै दुई तिहाइ मत नल्याएको भन्दै उनले काम र व्यवहारबाटै जनताको मन जित्नुपर्नेमा जोड दिएका थिए। ‘हामीले अहिले ल्याएको दुई तिहाइ मत होइन, ५५ प्रतिशत मात्र मत हो, हामीले काम र व्यवहारबाट मात्रै जनताको मन जित्नुपर्छ। यत्तिकै हुन्छ भनेर हामी बस्नु हँुदैन। हामीले बोल्ने धेरै सुन्ने कम गरेका छौं, यसरी हुँदैन। यसमा ख्याल गर्नुपर्छ।’

वरिष्ठ नेता झलनाथ खनालले भने समृद्धि र समाजवादका लागि नेपालका कम्युस्टिहरूले ध्यान दिनुपर्ने बताए। ‘३ गते नै जनसंगठनलगायतको एकताको काम हुन्छ–हुँदैन, अझै शंका छ, तर जेठभित्र पक्कै हुन्छ’, खनालको भनाइ थियो। नेता खनालले एकतामा आशंका गरेपछि दाहालले सकभर ३ गते नै हुने, नभए पनि ढिलोमा ३–४ दिनभित्रै हुने बताएका थिए।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेकपाले लगायो टुंगो एक सय ४७ सदस्यीय पोलिटब्युरो (नामावलीसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!