नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज-सहइञ्चार्ज

21 July, 2019 20:28 |राजनीति | comments | 16200 Views

    लामो समयदेखि विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज सह इञ्चार्ज तोकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज सह इञ्चार्ज तोके पनि विभाग र आयोगबारे भने कुनै टुंगो नलगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिंनुभयो ।

    adsads

    साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाई नै इन्चार्ज र सहइन्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ ।

    त्यसो त पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ । नेकपाका पूर्व माओवादी र एमालेका नेताहरु आआफ्नो भागमा परेको विभाग प्रमुखकका लागि अलगअलग छलफलमा छन् ।

    आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गरेका थिए ।

    जुटउला इन्चार्ज र सह-इञ्चार्जमा नेकपा सचिवालयले सहमति

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!