नेकपा सचिवालयको बैठकमा उपनिर्वाचनको समिक्षा हुने

9 December, 2019 14:21 | राजनीति | comments | 7200 Views

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका समिक्षा लगायत विविध विषयमा छलफलका लागि सचिवालय बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली सहभागी नहुने बताइएको छ ।

adsads

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

उपनिर्वाचन भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका समिक्षात्मक प्रतिवेदन केन्द्रमा आइसकेको छ । सोही प्रतिवेदनमाथि आज छलफल हुने पार्टीका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंसिर १८ गते बसेको सचिवालय बैठकले तल्ला कमिटीलाई उपनिर्वाचनको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनुको साथै पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More