नेकपा सांसद मोदीले लगाए नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप, प्रमाणित गरे झुण्डिएर मर्ने कुलमानको चुनौति

21 May, 2019 19:49 | राजनीति | comments | 20700 Views

नेपाली जनताको मात्र हैन भारतीय बुद्धिजीवीले समेत तारफ गरेका नेपालमा लोडसेडिङ मुक्त गराएका एक कुशल प्रशासक र मेहेनती देशसेवी कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाईपछि उहाँले चुनौति दिंदै प्रमाणित गरे झुण्डिएर मर्न तयार रहेको बताउनुभयो ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दलका एक सांसदले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनुभएको हो ,

बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको स्पष्ट पार्दै आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताउनुभएको हो ।

adsads

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न सचेत गराउँदै प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताउनुभयो ।

बैठकमा प्राधिकरणको तर्फबाट कुलमानले आफ्नो भनाइ राखिसकेपछि सभापति भरत शाहले सांसदहरुलाई बोल्ने समय दिनुभएको थियो । त्यसपछि सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभएको थियो ।

जे गल्ती गरे पनि लोडसेडिङ हटाएको जस लिएर उम्किन्छु भन्ने लोभमा कुलमानमा दम्भ बढेको आरोप मोदीको थियो । खासगरी स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले दावी गर्नुभयो ।

कुलमान आइसकेपछि पनि डेडिकेटेड लाइन लिएका उद्योगमा किन बेलैमा बिल नपठाएको भन्दै उनले प्रश्न गरेका थिए । त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ कोहो रु भन्दै प्रश्न समेत गर्नुभएको थियो ।

कुलमान घिसिङः जसले पौने तीन करोड नेपालीलाई लोडशेडिङबाट मुक्ति दिलाए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!