नेतालाई भीम रावलको आग्रह- राष्ट्रियताप्रति जिम्मेवार बन

1 May, 2019 17:26 | राजनीति | comments | 8850 Views

नेकपाका नेता भीम रावलले राष्ट्रियता, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय राष्ट्रियताका विषयमा आफ्नै पार्टीको सरकार र नेताहरुको चर्को आलोचना गर्दै आउनुभएका नेता रावलले गृह जिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो आग्रह गर्नुभएको हो ।

adsads

आफूले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने दृढता समेत जनाउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत रहनुभएका रावलले त्यस क्रममा पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताउँदै लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताउनुभयो ।

कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिंदै कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने बताउनुभयो ।

भीम रावल भन्छन : होमसेन्टर राख्नु पर्छ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More