नेताहरुले आफूलाई नसच्याए गणतन्त्र नै जानसक्ने चेतावनी

2 May, 2019 00:48 | राजनीति | comments | 18300 Views

मुलुकमा गणतन्त्रका लागि संघर्ष गरेका नेताहरुले आफूलाई नसच्याए गणतन्त्र उनीहरुकै कारण जानसक्ने चिन्ता बुधबार राजधानीमा गरिएको छ ।

नेपाली कांग्रेसका नेता नरहरि आचार्यको पुस्तक ‘गणतन्त्र यात्राः बन्दी वृतान्त’ को विमोचन गर्दै नागरिक अगुवाहरुले नेताहरूकै कारण गणतन्त्र संकटमा परेको बताउँदै त्यस्तो चेतावनी दिएका हुन् ।

adsads

२०६२।०६३ को जनआन्दोलनमा अग्रपंक्ति रहेर जनआन्दोलनमा होमिएका कृष्ण पहाडीले गणतन्त्रको सर्वोच्च पदमा बस्नेहरूले नै नागरिकलाई कष्ट दिने काम गरिरहेको आरोप लगाउँदै गणतन्त्रको विकल्प गणतन्त्र नै रहे पनि अहिलेकै अवस्था रहे गणतन्त्र जानसक्ने आशंका व्यक्त गर्नुभयो ।

अर्का नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डेले दुईरचार जना गुण्डालाई अघिपछि लगाएर हिँड्न सक्नु वा दलाल विचोलिया परिचालन गर्नुलाई नेताको क्षमताको रुपमा बुझ्न थालिनु गणतन्त्रको दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो गणतन्त्र यात्रा समाप्त भएको छैन तर गणतन्त्रसलाई असफल बनाउने प्रयास भईरहेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक नरहरि आचार्यले शुरुमा घर र पार्टी दुबै तिर गणतन्त्रको विषय प्रवेश गराउन कठिन भएको बताउँदै गणतन्त्रको लाइन लिनुपर्छ भन्दा पार्टीले पटक पटक स्पष्टीकरण लिएको स्मरण गर्नुभयो ।

त्यस्तै साहित्यकार एवं आचार्य पत्नी शारदा शर्माले पार्टीले आफूलाई समेत वाक्क दिक्क लाग्ने गरी स्पष्टीकरण लिएको धारणा राख्दै भन्नुभयो ‘प्रजातन्त्र नआउँदा पनि स्पष्टीकरण बोकेर आउनुहुन्थ्यो । आइसकेपछि पार्टीलाई स्पष्टीकरण दिइरहनुहुन्थ्यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नोट

फेसबुक

नोट

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!