नेताहरु आदर्शच्यूत हुँदा नेपालमा कम्युनिष्ट पार्टीमाथि खतरा देखियो : प्रचण्ड

21 February, 2020 16:09 | राजनीति | comments | 33300 Views

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व इतिहासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा नेपालमा पनि खतराका संकेत देखिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले‘ सोभियत संघ तथा पूर्वी युरोपमा कम्युनिष्ट सकिएको परिघटना हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले नभए पनि सङ्केत त्यति राम्रा देखिएन, मान्छेहरू बिग्रिने बिग्रिनेतिर गएजस्तो देखिएको भन्दै खतरा हुनसक्ने बताउनुभएको हो ।

  

नेपालका कम्युनिष्ट संस्कृति, संस्कार, विचार, राजनीति प्रवृत्तिहरूमा थुप्रै समस्याहरु बढेको बताउँदै उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टी सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा, निकै ठूलो त्याग गर्नसक्ने, तपस्या गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने, जनता जहाँ बस्छन् त्यही बसेर खाएर जनताको मन जित्न चाहिँ सक्ने र नभएको सत्ता प्राप्त गर्नसक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा छन्ने र पाली इतिहासमा पनि त्यसका संकेत र लक्षणहरु देखिने गरेका छन् ।

उहाँले थप भन्नुभयो सत्तामा भइसकेपछि पद प्रतिष्ठा लोभ लालचा विभिन्न किसिमका विसंगति, विकृति भ्रष्टाचारजन्य कियाकलाप देखिन थालेका छन् । पहिलो र दोस्रो युद्धमा निर्ममताका साथमा ज्यान गुमाएको कम्युनिष्ट पार्टीका नेताहरू र कम्युनिष्ट नेतृत्व नै आफूले आफैंलाई सिध्याएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More