नेपालका खेलाडीलाई चार पदक- बाग्लुङ समाज जापानको सम्मान

20 August, 2019 23:12 |जापान | comments | 17250 Views

    जापानको ओकिनावामा सम्पन्न कोशिकी करातेको विश्व महासम्मेलन एवं विश्व च्याम्पियन्सिपमा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका छन् । १८ देशका १ सय ५० बढी खेलाडी सहभागी प्रतियोगिता यही अगस्ट ९ देखि ११ सम्म भएको थियो ।

    adsads

    प्रतियोगितामा नेपालका तर्फबाट नेपाल कोशिकी करातेका अध्यक्ष एवं प्रशिक्षक कृष्णप्रसाद कँडेलको नेतृत्वमा ९ जनाको टोलीले सहभागिता जनाएको थियो । जसमध्ये जुनियर पुरुष काता स्पर्धामा नेपालका साहिल कँडेलले क्यानडाका खेलाडीलाई १७ अंकले पछि पार्दै दोश्रो हुन सफल भए ।

    त्यसै गरी जुनियर पुरुष (१३ वर्ष मुनि) को स्पर्धाको सेमिफाइनलमा नेपालका सुगम गुरुङले क्यानडाका नोहा मेहरीलाई हराउँदै दोस्रो स्थान प्राप्त गरेका थिए । फाइनल खेलमा क्यानडाका सोलोमोन ज्याकमेनसंग पराजित भएका थिए । त्यसै गरी जुनियर १७ वर्ष मुनिको स्पर्धामा अस्ट्रेलियाका खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका नेपालका अमृत केसीले पनि क्यानडा कै खेलाडी विल क्रीप्ससंग झिनो अंकले हार्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

    त्यसै गरी पुरुष सिनियर लाइट वेट स्पर्धामा नेपालका कृष्णप्रसाद कँडेलले अस्ट्रेलियाका खेलाडीलाई हराउँदै सेमिफाइनल प्रबेश गरेका थिए भने जापानका खेलाडीसंग १ अंकले पराजित हुँदै तेस्रो स्थानमा रहे । उक्त स्पर्धामा अमेरिकाका ब्रुस्ली वाल्कर प्रथम हुन सफल भएका छन् ।

    सो प्रतियोगितामा बाग्लुङको ग्रामीण क्षेत्रबाट सहभागी सबै खेलाडी अपर्याप्त पुर्वाधार साथै जुनियर स्पर्धामा उमेरलाई मात्र आधार मान्दा आफूभन्दा धेरै बढी तौलका खेलाडीसंग स्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको नेपाली टिमका प्रमुख कृष्ण प्रसाद कँडेलले बताउनुभयो ।

    यसैबीच बाग्लुङ समाज जापानले नेपालबाट कराते वल्र्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल कराते टोलीलाई एक डिनर कार्यक्रमको आयोजना गरी प्रोत्साहन गर्ने उद्देश्यका साथ खेलकुद सामाग्रीका लागीगि तीस हजार नगद सहित सम्मान गरेको छ ।

    समाजले प्रशिक्षक कृष्णप्रसाद कँडेललाई हस्तान्तरण गरेको छ । कराते टोलीले दुई रजत र दुई कांस्य गरी कुल चार पदक प्राप्त गरेको थियो । समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले आफू पनि खेलाडी भएकाले खेलाडीको मर्म राम्रोसंग बुझेको र खेलाडीहरू सधै अनुशासन र उचित ठाउँमा आफ्नो प्रदर्शन गर्नुपर्ने भनाई राख्दै आगमी दिनहरूमा अझ मेहनत गरी थप सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो भने संचालन समाजका सचिव राजु केसीले गर्नु भएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!