परराष्ट्र नीति विपरीत सत्तारुढ दलका सांसद ‘फ्रि तिब्बत’को कार्यक्रममा

15 May, 2019 18:51 | राजनीति | comments | 12450 Views

नेपालको एक चीन नीति विपरीत सत्तारुढ दलका एक सांसद स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलासा भएको छ ।

समाचार अनुसार भरखरै एकीकरण भएर गठन भएको समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव सो कार्यक्रममा सहभागी भएको खुलेको हो ।

adsads

स्मरणीय के छ भने पार्टीलाई समेत जानकारी नदिई यादवसंगै राजपा सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएका थिए ।

स्वतन्त्र तिब्बत कार्यक्रममा नेपालका दुई सांसद सहभागी भएको भन्दै चीनले चासो दिएपछि परराष्ट्र मन्त्रालयले मंगलबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै लाटभियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा नेपालका सांसद सहभागी भएको विषयमा गम्भीर भएको जनाएको छ ।

नेपाली सांसद तिब्बत सम्बन्धि कार्यक्रममा सहभागी हुनु नेपालले अंगीकार गर्दै आएको एक चीन नीति विपरीत भएको भन्दै चीनले चासो देखाएको हो ।

मन्त्रालयले नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताउँदै प्रदीप यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने बताउनुभएको छ ।

हिमाली जिल्लाहरुमा फ्रि तिब्बत आन्दोलनको तयारी ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More