नेपालको भूउपग्रह प्रक्षेपणपछि प्रधानमन्त्री ओलीको खुसी, दिए सबै वैज्ञानिकलाई बधाई

18 April, 2019 13:23 |राजनीति | comments | 18300 Views

    बिहिबार विहान अमेरिकी अन्तरीक्ष संस्था नासाबाट नेपालको आफ्नो भूउपग्रह प्रक्षेपण भएपछि नेपाल पनि अन्तरीक्ष युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

    नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि टुवीटमार्फत खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको हो ।

    adsads

    ट्वीट गर्दै प्रधानमन्त्री ओलीले स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिंदै यसबाट नेपालको प्रतिष्ठा बढेको टिप्पणी गर्नुभएको छ ।

    बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट १’ अन्तरीक्षमा प्रक्षेपण गरिएको थियो । यसको तौल झण्डै एक किलो छ । नेपाली भूउपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

    यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ ।

    नेपालको भूउपग्रह जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक)बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा बनेको हो ।

    अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!