नेपालगन्जमा जारी क्षेत्रीय महोत्सव आज सकिँदै

15 February, 2016 15:11 | अर्थ , मध्य पश्चिमाञ्चल | comments | 292050 Views

mela

नेपालगन्जमा जारी क्षेत्रीय महोत्सव आज सकिँदैछ । महोत्सवको खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले समापन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक समेत रहेका नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

समापनको दिन भएकाले आज त्यस्तो कुनै सांस्कृतिक कार्यक्रमको आयोजना भने नहुने पनि उहाँले जानकारी दिनुभयो ।

  

नेपालगन्ज उद्योग बाणिज्य संघको मुख्य आयोजना र नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा गत २१ गतेदेखि शुरु महोत्सव फितलो व्यवस्थापन, समन्वय अभावमै भएपनि उपलब्धिमूलक भएको आयोजकहरुले दाबी गरेका छन् ।

तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सवमा केबल डेढ लाख दर्शकले मात्र महोत्सव अवलोकन गरेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठले कारोवार भने लक्ष्य अनुसार, पाँच करोडकै हाराहारीमा भएको दाबी गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More