नेपालजापान डट कमको सर्वेक्षणको नतिजा सार्वजनिक

30 April, 2013 17:23 | जापान | comments | 38250 Views

टोकियो- नेपालजापान डट कमले सुरु गरेको सर्वेक्षणमा सहभागी मध्य बाट दुई जना बिजेता छानिएको छ । बिजेता लाई पुरस्कारको प्रायोजन जापानमा खाद्यान्नको होम डेलीभरी गर्ने कम्पनी शप शारा जापानले गरेको छ ।

 

 

  

सर्वेमा सहभागी कुल ३ हजार २ सय १६ मध्ये होक्काईदो निवासी बिन्दु तिवारी पौडेल र मियाजाकी निवासी मुनालबाबु कंडेल विजयी भएका हुन । नेपालजापान डट कमको आफ्नै कार्यालयमा गरिएको लक्कि ड्र कार्यक्रममा पौडेल र कंडेल विजयी भएका हुन् । शप शाराले यस सर्वेक्षण अन्तर्गत उक्त विजयीहरुलाई रोचक र आकर्षक उपहार प्रदान गर्ने भएको हो।

 

 

प्रायोजक शप शारा जापानका व्यवस्थापक हरि सिंखडाको उपस्थितीमा उक्त लक्की ड्र गरिएको थियो । सोही अवसरमा शप शाराका व्यवस्थापक हरि सिंखडाले आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमलाई प्रायोजन दिने प्रतिबद्दता दोहोर्‍याउनु भयो ।

 

 

पाठकहरुको चाहनालाई र पाठकहरुले हामीबाट कस्तो अपेक्षा गर्नुभएको छ भन्ने बिषयमा जानकारी होस भन्ने उद्देश्यले उक्त सर्वे सुरु गरिएको थियो ।

 

सर्वेक्षणको नतिजा हरेक महिनाको अन्त्यमा सार्वजनिक गरिनेछ । यस सर्वेमा प्रायोजन गर्न चाहनुहुने महानुभाबले पनि हामीलाई सम्पर्क गर्नका लागि अनुरोध गर्दछौ ।

 

सम्पर्कका लागि

news@nepaljapan.com

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More