नेपालजापान युथ क्लबको बार्बेक्यु पार्टी अप्रिल २८ तारिखमा

11 April, 2013 16:45 | जापान | comments | 48300 Views

नेपालजापान युथक्लबले यसपालीको बार्बेक्यु पार्टी यही अप्रिल २८ तारिखमा गर्ने भएको छ । हरेक बर्ष गर्दै आएको बार्बेक्यु पार्टी यस पटक २८ अप्रिल आईतबारका दिनमा गर्नेभएको हो ।

 
कासाई रिन्काई कोयन स्टेशनको कासाई हाईहिन कोयनमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने आयोजकले बताएको छ । उक्त कार्यक्रममा वाटरमेलन फोर्ने र बिन्गो खेल जस्ता मनोरन्जनात्मक खेलको पनि आयोजना गरिने सो संस्थाले बताएको छ ।

 
नेपाली नयाँ बर्को २०७० को पावन अबसरमा आपसी भेटघाट र शुभकामना आदान प्रदान र मनोरन्जन गर्ने उद्देश्य रहेको सो बार्बेक्यु पार्टीका संयोजक बिजय गुरुङले हामीलाई जानकारी दिनुभयो ।

  

 
आफ्ना सपना बोकेर जापान आएका नेपाली युवाहरुलाई गोलबन्द गरी सामाजिक दायित्व बोध गराउँदै रचनात्मक तथा सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्ने क्लवको मुलभूत अभिप्राय रहेको बताईएको छ ।

 
जापानबासी सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाईदिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More