नेपालबाट जापान पुगेकै दिन उपनियोग प्रमुखमा कोरोना संक्रमण पुष्टि

5 August, 2020 13:22 | जापान | comments | 106200 Views

नेपालबाट जापानका लागि नेपाली दूताबासको उपनियोग प्रमुखको जिम्मेवारी पाएर कार्यक्षेत्रमा पुगेकै दिन कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार चार बर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता बिमानस्थलमा भएको कोभिड १९ परिक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो ।

चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख अम्बिकाप्रसाद जोशीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरुले उहाँलाई बिमानस्थलबाटै उपचारका लागि लिएर गएको बताइएको छ । उहाँको जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भैरहेको छ ।

  

टोकियोस्थित नेपाली राजदूतावासश्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो । परिवार सहित जापान आइपुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाइएको हो ।

संक्रमण भए पनि जोशीलाई कुनै लक्षण नदेखिनुका साथै सामान्य अवस्थामा रहनुभएको परराष्ट्र अधिकारीहरुले जानकारी दिएका छन् । अगष्ट ४ तारिखको उडानमा नेपालबाट जोशी परिवार सहित कार्यभार सम्हाल्न जापान पुगेका थिए । सो उडानमा २८ जना नेपालीहरु जापान उडेका थिए भने जापानबाट २ सय ६८ जना नेपाली सोही बिमानमा नेपाल फर्किएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More