नेपालमा कोरोना संक्रमितको संख्या ७५ हजार नजिक

28 September, 2020 20:00 | जल/वातावरण/स्वास्थ्य | comments | 18750 Views

नेपालमा कोरोना संक्रमितको संख्या ७५ हजार नजिक पुगेको छ । सोमबार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टिसंगै कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।

  

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको रयोसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १९ हजार ६ सय २४ जना छन् भने ६ हजार ३१० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More