नेपालमा कोरोना संक्रमित पाँच सय ८४- नारायणी अस्पतालबाट नौजना डिस्चार्ज

23 May, 2020 19:57 | जल/वातावरण/स्वास्थ्य | comments | 41850 Views

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण देखिएपछि सो संख्या पुगेको छ । दिउँसो संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार विहान काठमाडौंमा उपत्यका, कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा संक्रमण पुष्टि भएको थियो ।

  

यसैबीच वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३र३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More