नेपालमा छायांकन भएको फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक (भिडियो)

2 May, 2019 18:03 | कला/मनोरन्जन | comments | 29250 Views

आधाभन्दा बढी छायांकन नेपालमा भएकोबलिउड अभिनेता अर्जुन कपूर स्टारर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मलाई रेडु फेम्ड निर्देशक राज कुमार गुप्ताले निर्देशन गरेका हुन् ।

adsads

फिल्मको सार्वजनिक ट्रेलरमा काठमाडौं र पोखराका दृश्यहरु प्रशस्त भेटिन्छन् । फिल्मको कहानी जासुस अर्जुन कपुरको एक सानो टिमको हो, जो देशको सबैभन्दा ठूलो वान्टेडलाई समात्न दौडिरहेको छ ।

यो फिल्म एक वास्तविक घटनाबाट प्रेरित बताइएको छ । फिल्मको ट्रेलरमा कुनै रोमान्टिक र इमोसन सिन छैन । यो फिल्मले हार्ड कोर आंतकवादीको दुनियाँ र देशको सिस्टमलाई देखाउने ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । फिल्ममा भारतीयसँगै नेपाली कलाकारहरुको पनि अभिनय छ । यो फिल्मको कहानी एक यस्तो क्र‍िमनलको हो, जो आफूलाई भारतको ओसामा बताउँछ । उसलाई खोज्न अर्जुनसहित पाँच जना बिना हतियार भारतदेखि नेपालसम्म आइपुग्छन् र आफ्नो मिशनमा सफल हुन्छन् ।

फिल्ममा अर्जुनका अलावा राजेश शर्मा, प्रशान्त अलेक्सजेन्डर, शान्तिलाल मुखर्जी र देवेन्द्र मिश्राको प्रमुख भूमिका छ । यसमा सुवर्ण थापा, कमलमणी नेपाललगायतका नेपाली कलाकारहरुको अभिनय छ ।
फिल्म २४ मे मा रिलिज हुँदैछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!