नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

  • नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर
  • नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर
  • नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर
  • नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर
  • नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

नेपालमा पुस्तकालय बनाउन अमेरिकामा गाला डिनर

17 September, 2019 14:40 | प्रबास | comments | 18000 Views

नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

विजय थापा, टेक्सास – नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली जर्नी नामक संस्थाले ड्यालासमा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ । पेशाले नर्स रहेकी मौषमी श्रेष्ठको अगुवाईमा रहेको नेपाल जर्नी नामक संस्थाले नेपालका बिभिन्न स्थानमा पुस्तकालय निर्माण गर्न अमेरिकामा गाला डिनर कार्यक्रम गर्दै आएको छ ।

महाभूकम्पपछि भत्किएका विद्यालय र पुस्तकालयलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले बिगत चार बर्षदेखि गाला डिनर कार्यक्रम आयोजना गरेर सहयोग रकम जम्मा गर्दै आएको छ । हाल चितवनको भरतपुर ४ लंकुमा दुई करोड लागतको पुस्तकालय निर्माण गर्न लागेको संस्थाले यस अघी कांठमाडौ लगायत अन्य स्थानमा पनि सहयोग गरेको छ ।

  

स्थानिय तहले जग्गा सहयोग गर्दा पनि दुई करोड लागतमा बन्न लागेको पुस्ताकालयका लागि गाला डिनरबाटै हालसम्म ६० लाख रकम जम्मा भईसकेको जर्नीकी संयोजक मौषमी श्रेष्ठले बताईन् । ड्यालास वरपरका नेपाली र अन्य समुदायका ब्यक्तीहरुको समेत सहभागीतामा पाँच तारे हिल्टन होटलमा सम्पन्न गाला डिनरमा नेपाली संस्कृति र पर्यटन प्रवद्धनको सन्देश समेत दिइएको थियो ।

आईडिया फर नेपालकी अन्तराष्ट्रिय निर्देशक चिंग चिंग छिको प्रमुख आथित्य रहेको कार्यक्रममा स्थानिय बेलर स्कट एण्ड ह्वाईट हेल्थका डाक्टर डोनाल्ड ई सेवेल मुख्य बक्ता रहेका थिए । कार्यक्रममा बोल्दै दुबै जनाले नेपाल र नेपालीका साथै नेपाल जर्नीको प्रशंसा गरेका थिए ।

नेपाल जर्नी सबैका लागि उदाहरण हुन सक्ने भन्दै संयोजक मौषमी श्रेष्ठलाई दुबै जनाले धन्यबाद समेत दिएका थिए । संस्थाका अन्तराष्ट्रिय संयोजक भानु खरेलले संस्थाले गरेका कार्यहरुका बारेमा प्रस्टाएको कार्यक्रममा संयोजक श्रेष्ठले आफु पेशाले नर्स भए पनि पटक पटक जागिर छोडेर भए पनि देशका लागि केहि सहयोग गर्न चाहेको बताएकी थिईन् ।

आफू एउटा व्यक्तिले मात्र भन्दा पनि देशका लागि केहि गरौं भन्ने भावना लिन खोज्नु नेपाल जर्नीको उद्देश्यको भएको र यसमा धेरैले साथ दिंदै आएको उनको भनाई थियो । पोखरामा जन्मेर चितवनमा घर भएकी श्रेष्ठ हाल श्रीमान बद्रि र दुई सन्तानसंगै बिगत दश बर्षदेखी ड्यालसमा बस्दै आएकी छन् ।

सिड्नीमा परोपकारी गाला डिनर हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More