“नेपालमा रेल ल्याउन चीन प्रतिबद्ध- चिनीया राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा हुने”

23 May, 2019 17:09 |राजनीति | comments | 43500 Views

    भारतको नाकाबन्दीपछि चर्चामा रहेको र अहिले प्रक्रिया अघि बढेको चीनदेखि काठमाडौंसम्मको रेलमार्गप्रति चीन प्रतिबद्ध रहेको बताएको छ । त्यसै गरी लामो समयदेखि चर्चामा रहेको चिनीया राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा जानकारी दिंदै चिनीया राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने जानकारी दिनुभएको छ ।

    adsads

    बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै राजदूत हउ यान्छीले चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहे पनि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    उहाँले नेपाल सरकारको तर्फबाट भैरहेको सकारात्मक पहलप्रति खुसी व्यक्त गर्दै राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ भन्नुभयो ।

    राजदूत यान्छीले क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको बताउँदै यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक औंल्याउनुभयो ।

    अहिले पहिलो चरणको प्रि फिसिबिलिटीको काम मात्र सकिएको । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने पनि उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी दिंदै चीनले आफ्नो तर्फबाट तयारी जारी राखेका र नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।

    यसै गरी पत्रकार सम्मेलनमा राजदूत यान्छीले धेरै खतरा र चुनौतिको बाबजुद भूकम्पले क्षति पुर्‍याएको तातोपानी निर्माण कार्य सकेको र अब अर्को हप्ता तातोपानी नाका खुल्ने जानकारी दिनुभयो ।

    अबको केही समयपछि यसरी आउँदैछ नेपालमा रेल (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!