नेपालमा लगानी गर्ने योजनामा जुट्यो जापान-नेपाल सोसाईटी

11 July, 2019 08:58 | जापान | comments | 18300 Views

जापान-नेपाल फ़्रेण्डशिप सोसाइटीले नेपालको जलविद्युत र हिमालय जडिबुटी क्षेत्रमा लगानीका लागि पहल सुरु गरेको छ । सोसाइटीको हालै सम्पन्न बैठकमा अध्यक्ष तादासी यामागिसीले जापानिज नयाँ शताब्दी रेईवाको घोषणासगै नयाँ वर्षको योजनाहरु तय गर्दै जलविद्युत र नेपालमा पाइने हिमालय जडिबुटी क्षेत्रमा लगानी गरिने प्रस्ताव गर्नुभएको हो ।

adsads

नेपाल जापानबीच कायम रहेको एतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको सोसाइटीका अध्यक्ष यामागिसिको सभापतित्वमा टोकियोमा सम्पन्न बैठकले गएको वर्षमा भएको कामहरुको समीक्षा एवं नयाँ शताब्दी रेईवामा गर्ने सकिने योजनाहरुका बारेमा प्रस्ताव गर्नुभएको थियो । जापानको इतिहासमा जापानमा नयॉ सम्राटको नयॉ कार्यकालसगै शताब्दी (शासन काल) परिवर्तन हुने गर्दछ ।

सोसाईटीले जापान र नेपालबीच सहकार्य बढाउन जापानी नागरिकहरुको सहभागितामा जापानमा एउटा समिति र नेपाल नेपालीहरुको सहभागितामा नेपालमा समिति निर्माण गरी ब्यबसाय, सामाजिक सहयोग एवं अनुभव र प्रविधिको आदन प्रदान गर्दै आइरहेको छ ।

सम्पन्न बैठक र योजनाहरुको बारेमा जानकारी दिदै सोसाईटीका उपध्यक्ष कर्पु शेर्पाले विगतको वर्षहरु जस्तै यस वर्ष पनि सोसाईटीले लगानीका लागि दुबै देशका लगनीकर्ताहरुलाई उपयुक्त क्षेत्रको छनौट, वतावरणको निर्माण एवं कानुनि सहायतासगै अनुभवको आदनप्रदानलाई प्राथमिकता राखिएको जानकारी दिनु भयो ।

शेर्पाले यस शताब्दीको शुरुवातसंगै नेपालमा देखिएको राजनैतिक स्थिरता एवं लगानीको वतावरण उत्तम रहेको हुँदा सोसाईटिको लक्ष्य अनुसारको योजनाहरुले मूर्तरुप लिने विश्वास ब्यक्त गर्नुभयो ।

सोसईटीले संस्थालाई ब्याबसायिक सहजताका लागि अधिकतम उपयोगितामा ल्याउने र नेपालमा यसको उपस्थिति दरिलो बनाउँदै लैजाने योजनाहरु पारित गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!