नेपालमै उत्पादन हुन्छ एक किलोको ३५ हजार रुपैयाँ पर्ने चिया

19 September, 2019 00:18 |अर्थ | comments | 4200 Views

    तपाई हामीले दैनिक सेवन गर्ने चियाको मूल्य आमरुपमा कति पर्छ भन्ने हो भने प्रतिकिलो ५ सयदेखि अलिक माथीसम्म । तर चियाको मूल्य एक किलोको ३५ हजार पर्छ र त्यो चिया हाम्रै देशमा उत्पादन हुन्छ भन्दा विश्वास नलाग्न सक्छ ।

    adsads

    तर यो सत्य हो कि चियाको जिल्ला भनेर चिनिने इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ । यो चिया जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । यो विशेष प्रकारको चिया हो ।

    यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । उद्योगका सञ्चालक शरद सुब्बाका अनुसार यो ग्लोमिन टी प्रकारको चिया ३५ हजार किलोसम्म बेच्ने गरिन्छ र यो चिया विदेशमा भने हारालुस शैलीमा बिक्छ ।

    सुब्बाका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै मेहनत लाग्छ । उज्यालो, अँध्यारो, प्रकाश र ताप मिलाएर निर्माण गर्न सकिने यो चिया अत्यन्तै कष्टपूर्ण तरिकाले बनाउनुपर्दा मूल्यसमेत महङ्गो परेको हो । यो चिया नेपालमा त बिक्री हुँदै हुँदैन । यो चियालाई अत्यन्तै मेहनत गरेर हातले बनाइन्छ ।

    अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ । विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १० हजार, ‘रोस्टेड ग्रिन टी’लाई रु दुई हजार, ‘ब्लाक ओगल टी’लाई रु पाँच हजार, ‘हिमालय गोल्ड’लाई रु पाँच हजार प्रतिकिलो पर्छ ।

    सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया धेरै रुचाउने गरेको जानकारी दिए । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्”, सुब्बाले भने ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!