नेपालमै यसरी तयार हुँदैछ अतिथि सत्कार तथा पाकशिक्षाका जनशक्ति

5 July, 2019 14:54 | कर्पोरेट/पर्यटन | comments | 21600 Views

नेपालको समृद्धिको प्रमुख आधार मानिएको पर्यटन क्षेत्रका लागि मुलुकमा दक्ष जनशक्ति उत्पादन हुन नसक्दा देशका ठूला तारे होटलहरुमा कुकदेखि अन्य कार्यमा विदेशीहरुको बाहुल्य छ । तर, पछिल्ला केही वर्षयता देशभित्र यस विषयमा राम्रो अध्यापन हुन थालेको छ ।

adsads

यस्तै अतिथि सत्कार र पाक शिक्षामा आफूलाई अब्बल सावित गर्दैआएको छ काठमाडौंको मैतिदेवीमा अवस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले । एकेडेमीले यी विषयहरुमा सुलभ र गुणस्तरीय शिक्षा दिंदै आएको छ । शिक्षासंगै सीपलाई अघि बढाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएको यो एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना गतिविधिका बारेमा जानकारी दिएको थियो ।

एकेडेमीले होटल व्यवस्थापनका सम्पूर्ण शिक्षा दिनुका साथै व्यावसायिक सीप अन्तर्गत कफी बनाउने अल्पकालीन तालिम समेत दिंदैआएको छ ।

पत्रकार सम्मेलनमा एकेडेमीका इन्टरनेशनल विजनेस डेभलपमेन्ट मेनेजर विकास केसी, सल्लाहकार अग्नि काफ्ले, लक्ष्यबहादुर केसी तथा पब्लिक रिलेशन केअर्डिनेटर महेश विक्रम कुँवरले एकेडेमीको हालको गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।

प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी, ब्रिटस कफी स्कूल मार्फत युवा पुस्तालाई सीप विकास गरी दक्ष जनशक्ति तयार गर्ने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्य रहेको संस्थाका सल्लाहकार अग्नि काफ्ले बताउनुहुन्छ । काफ्लेका अनुसार एकेडेमीले अहिले सरकारले निर्धारण गरेको पाठ्यपुस्तकका आधारमा मात्र नभै व्यक्तिको चाहना र रुचीलाई ध्यानमा दिएर अतिरिक्त अभ्यास गराउँदै आएको छ ।

आजभोलि यस्ता तलिमहरु वैदेशिक रोजगार केन्द्रित हुने गरेकोमा एकेडेमी भने त्योभन्दा पृथक रहेको सल्लाहकार काफ्लेको दावी छ । विदेश जान चाहनेलाई रोक्न त सकिंदैन तर आफूहरुको उद्देश्य स्वदेशमै काम गरुन् भन्ने रहेको र त्यसका लागि आवश्यक सहयोग समेत गरिरहेको काफ्ले बताउनुहुन्छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने विदेशी खाना र नानाको तालिमले पर्यटकलाई आकर्षित गर्न नसकिने हुँदा एकेडेमीले नेपाली मौलिक खाना र पेय पदार्थको प्रबद्र्धन गर्न आफूलाई प्रतिबद्ध तुल्याउनु पर्दछ । सल्लाहकार काफ्ले निकट भविष्यमै नेपाली खानाका बारेमा पाकशिक्षा दिने नीति रहेको बताउनुहुन्छ ।

पत्रकार सम्मेलनमा एकेडेमीले हाल संचालन गरिरहेको कक्षा तथा तालिमबारे जानकारी दिंदै इन्टरनेशनल विजनेस डेभलपमेन्ट मेनेजर विकास केसीले हालसम्म ३०० भन्दा बढी विद्यार्थीले तालिम लिइसकेको र विदेश गएकाहरुले पनि त्यहाँ राम्रो काम पाएको र स्वदेशमै आफ्नै व्यवसाय संचालन गर्नेको संख्या पनि अत्यधिक रहेको बताउनुभयो ।

एकेडेमीले अस्ट्रेलियाको अस्ट्रेलियन इन्टरनेशनल कुलिनरी सर्भिस र बेलायतको बेभरेज स्टाण्डर्स एसोसिएशनको आबद्धतामा कफी बनाउने, बेकरी, होटल मेनेजमेन्ट अभ्यास लगायतका तालिम दिंदै आएको छ ।

सिटिइभिटीको स्वीकृतिमा पाकशिक्षा र कफी तालिम दिंदैआएको छ । ६५ दिनको सो हाल ४० जनाले निश्ल्क पाकशिक्षा तालिम लिइसकेका छन् । ६५ दिनको ४० जनाले निःशुल्क तालिम लिइसकेको पब्लिक रिलेशन केअर्डिनेटर महेश विक्रम कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार सूर्योदय एजुकेशन फाउण्डेशनको सहकार्यमा एकेडेमीले यसपालिदेखि होटल मेनेजमेन्ट तथा अन्य विषयमा प्लस २ कक्षा संचालनको भर्ना आव्हान गरेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!